अत्याधुनिक उपकरणको प्रयोग भएको क्लब “टेन एक्स” संचालनमा

मनोरन्जन समाचार

९ असोज, काठमाडौं । काठमाडौंको मुटु ठमेलमा अत्याधुनिक उपकरणको प्रयोग भएको क्लब “टेन एक्स” संचालनमा आएको छ।

असोज ८ गते शुक्रबार देखि ठमेलको जेड स्ट्रिटमा रहेको क्लब टेन एक्स संचालनमा आएको क्लवका संचालक पौरख मर्दन वस्नेतले वताए।

क्लब संचालनको पहिलो दिन नै ग्राहक वर्गवाट अपार माया पाएको वस्नेतले वताए । नेपाली यूवायूवती माझ क्लव टेन एक्सले उत्कृष्ट सेवा प्रदान गर्ने पनि वस्नेतको दावी छ ।

नेपालमै पहिलो पटक ‘उत्कृष्ट लाईट र अत्याधुनिक साउन्ड सिस्टम” प्रयोग गरिएको पनि संचालकको दाबी छ । गीत अनुसार लाइट परिवर्तन हुन सक्ने नयाँ प्रविधी जडान गरिएको वस्नेतले बताए । यस्तै, क्लबमा एलइडी र लाइट पनि लोभलाग्दो बनाइएको दाबी गरिएको छ ।

संचालक पौरख मर्दन वस्नेतका अनुसार, ग्राहकलाई गुणस्तरीय सेवा र भरपुर मनोरन्जन दिलाउने क्लवको मुख्य उदेश्य रहेको छ। साथसाथै वजारमा क्लब प्रतिको धारणामा समेत परिवर्तन ल्याईने पनि वस्नेतले वताएका छन्।