गोरखाको गण्डकी गाँऊपालिका कांग्रेस सभापतीमा दिनेश पन्तको उमेद्वारी

राजनीति समाचार

५ असोज, गोरखा । नेपाली काँग्रेस गण्डकी गाँऊपालीका पार्टी सभापतीमा युवा नेता दिनेश पन्तले उमेद्वारी दिने घोषणा गरेका छन् । लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय पन्त गण्डकी गाँऊपालिका ताङलीचोकका स्थायी बासिन्दा हुन्।

नेपाली काँग्रेका पार्टीको असोज ९ गते हुन लागेको गाँऊ/नगर पालिका अधिवेशनमा नेका गण्डकी गाँऊपालिका पार्टी सभापतीका लागी पन्तले उमेद्वारी दिने घोषणा गरेका हुन्।

राजनितिक परिवारमा जन्म लिएका पन्तको जन्म साबिकको ताङगलीचोक गाबिसमा भएको हो। विधार्थीकालबाट नेपाल विधार्थी संघको राजनीतिमा सक्रिय हुदैँ आएका भएका पन्त नेविसंघ जिल्ला कार्यसमिति गोरखामा वि.स.२०४९-२०५१, पब्लिक युथ क्याम्पस ईकाई सह-सचिव पदमा रहेर २०५३-२०५४, नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगंन्ज ईकाई सह-सचिव पदमा रहेर २०५५-२०५७, प्रवास बसाईको क्रममा जनसम्पर्क समिति दक्षिण कोरिया कार्यसमिति सदस्य विस २०६१ साथै नेका गोरखा जिल्ला प्रतिनिधी सभा क्षेत्र नम्बर १ को क्षेत्रिय सदस्य पदमा १३ औ अधिवेशनमा निर्र्वाचित भएर जिम्मेवारी समाल्दै आएका छन् ।

सामाजिक,राजनीतिक गतिविधीमा संम्लग्न हुदैँ व्यवसायी क्षेत्रमा समेत सफल भएका पन्त गोरखा दक्षिण बेल्टमा पाका ऊमेरका नेकाका नेताकार्यकर्तादेखि युवाहरुको नजरमा समेत परेका छन्।