क्लव प्लाटिनमा नौलो अफर, कोभिड भ्याक्सिन कार्डमा छुट पाईने

मनोरन्जन समाचार

१६ भाद्र, काठमाडौं । काठमाडौं प्रशासनले जारी गरेको निषेधाज्ञामा केही परिमार्जन गरेपछि रात्रीकालिन व्यवसाय, दोहोरि तथा रेष्टुरेन्टहरू खुल्ने भएको छ।

महिनौंसम्म थलिएको क्लब तथा रेष्टुरेन्टहरू भाद्र १७ गते देखि खुल्ने भएपछि अफरका योजनाहरू ल्याएका छन् । दरवारमार्गको क्लव प्लाटिनमले क्लव खुल्ने भएपछि ग्राहक अफरको योजना ल्याएको छ। ग्राहकले कोभिडको भ्याक्सिन लगाएको प्रमाण स्वरूप कार्ड लेराएमा १० प्रतिशत छुटको व्यवस्था गरिएको क्लवका म्यानेजर नितेश शाहिले वताए ।

म्यानेजर शाहिले भने, क्लव खुलेपछि ग्राहकलाई लक्षित गरि विभिन्न अफरहरू लेराउने छौं। भ्याक्सिन कार्ड अफरको योजनाले हामिमा थप सुरक्षित र सवै माझ सकारात्मक सन्देश प्रवाह हुनेछ।