१० भाद्र, काठमाडौँ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज १२ बजे केन्द्रीय कमिटी बैठक तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्न लागेको हो ।
बैठकबाट १० बुँदे सहमति कार्यान्वयन गर्ने स्थायी समितिको निर्णयलाई अनुमोदन गर्ने र पार्टी सदस्यता वितरणको विषयमा पनि निर्णय गर्ने बताइएको छ ।
एमाले फुटेर नेकपा समाजवादी दर्ता भएपछि एमाले केन्द्रीय कमिटी बस्न लागेको हो ।यस्तै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा जान चाहेका केही केन्द्रीय सदस्य तथा सांसदहरुलाई कारबाही प्रक्रया अगाडि बढाउने तथा विधान अधिवेशन र पार्टीको स्थानीय तहको अधिवेशनको सम्बन्धमा पनि निर्णय गर्ने एजेण्डा रहेको बुझिएको छ ।