भारतीय जनता पार्टीका बिदेश बिभाग प्रमुख सुटुक्क काठमाडौंमा, देउवासंग भेटघाट

Headlines समाचार

६ भाद्र, काठमाडौं । सत्तारुढ भारतीय जनता पार्टी बिजेपीका बिदेश बिभाग प्रमुख बिजय मुरलीधर चौथाइवालेको आकस्मिक नेपाल भ्रमणमा आएका छन् । काठमाडौं आएसंगै प्रधानमन्त्री शेर वहादुर देउवासंग भेटघाट गरेर जनैपुर्णिमा को शुभकामना आदानप्रदान भएको मुरलिधरले ट्विटर मार्फत जानकारी गराएका छन् ।

यात्राको उध्देश्य र भेटघाटका पात्रहरु नखुलाई भारतीय दूतावासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिशिष्ट कक्ष खोल्न परराष्ट्र मन्त्रालयलाई आजै बिहान पत्र लेखेको थियो ।

आजको पत्रअनुसार नै Z 4380128 नम्बरको राहदानी वाहक चौथाइवालेको एअर इण्डिया जहाजबाट काठमाण्डौ अवतरण भईसकेको छ ।