रक्षावन्धनको अवसर पारेर स्मार्ट डोकोले ल्यायो अफर

अर्थ समाचार

१ भदौ, काठमाडौं । रक्षाबन्धनको अवसर पारेर अनलाइन मेगा स्टोर स्मार्टडोकोले ‘रक्षाबन्धन अफर’ ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकले हरेक दिन क्रेन फेसियल मिस्टर जित्न सक्नेछन् । साथै आफ्ना दाजुभाइ तथा दिदी बहिनीको फोटो प्रिन्ट भएको एउटा केक पनि जित्न सक्नेछन् ।

ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाटअनलाईन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक (रु ५०० सम्म), साथैे माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा १० प्रतिशत क्यास ब्याक (रु ५०० सम्म)को छुट पाउनेछन् ।

स्मार्ट डोकोले रक्षाबन्धनको अवसरमा आकर्षक उपहार योजना समेत ल्याएको छ । साथै पफ्र्युम, स्मार्ट वाच, वालेट, कुर्ता, टप्स, ज्वेलरीलगायतका गिफ्ट आइटममा बेस्ट डिल तथा डिस्काउन्ट अन्तर्गत ६० प्रतिशतसम्म छु्टको अफर ल्याएको छ ।ग्राहकहरुले अफर प्राप्त गर्नका लागि स्मार्टडोको एप डाउनलोड गर्नुपर्ने हुनेछ वा स्मार्टडोको वेबसाईटमा गई अर्डर गर्नुपर्ने छ ।

स्मार्टडोकोसँग हाल विभिन्न क्याटेगोरीमा १० हजारभन्दा बढी प्रडक्ट र विभिन्न सब क्यागेटोरीमामा सामान उपलब्ध छन् । जसमा ग्राहकले सहज ढंगले आफूलाई मन पर्ने प्रडक्टहरु बेबी केयर, इलेक्ट्रिोनिक्स, फूड तथा ग्रोसरी, कोभिड इसेन्सियल, हेल्थ एण्ड ब्यूटी तथा होम एण्ड लिभिङलगायतका विभिन्न प्रडक्ट खरिद गर्न सक्नेछन् ।

स्मार्टडोकोका ग्राहकले काठमाडौं उपत्यकाको रिङरोडभित्र न्यूनतम २५० रुपैयाँको सामान खरिद गर्दा निःशुल्क डेलिभरी समेत उपलब्ध गराएको छ । साथै रिङरोडबाहिरको हकमा न्यूनतम डेलिभरी शुल्कमा सेवा उपलब्ध गराएको छ । यो अफर भदौ २ गते देखि ५ गते सम्म लागू हुनेछ ।