प्रचण्डले भेटे नेपाल लाई, आजै एमाले अध्यक्ष ओलीले पनि भेट्दै

Top Post राजनीति समाचार

२० साउन, काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ता हुदैछ । ओलीसँगको भेटवार्ता अघि प्रचण्ड र नेपालबीच भेटवार्ता भएको हो ।

​कोटेश्वरमा भएको भेटवार्तामा समसामयिक राजनीतिका बारेमा दुई नेताबीच कुराकानी भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए । ‘डिटेल त थाहा भएन, तर पछिल्लो समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको हुनसक्छ’, सापकोटाको भनाई छ ।

यसैबीच एमाले अध्यक्ष ओली र नेता नेपालबीच आजै भेटवार्ता गर्ने तयारी भएपनि समय र स्थानका बारेमा टुङ्गो नलागेको एमाले नेताहरुले बताएका छन् । एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले दुई नेताबीच भेटवार्ता गर्ने पक्का भएपनि समय र स्थानबारे छलफल भइरहेको बताए ।