परम्परागत शैलिमा वनेको होटल पबेराले पायो चारतारे वुटिक होटलको प्रमाणपत्र

पर्यटन मनोरन्जन समाचार

१४ साउन, काठमाडौं । काठमाडाैँकाे बुढानिलकण्ठमा रहेको पबेरा हाेटलले नेपालमै पहिलाे चारतारे बुटिक हाेटेलकाे प्रमाणपत्र पाएकाे छ ।

राधेश्याम थापाकाे स्वामित्वमा रहेकाे हाेटल पबेरा परम्परागत शैलीमा बनेकाे हाेटेल हाे । निर्माण प्रकृया सकिएर हाेटल संचालनमा ल्याउने बेला निषेधाज्ञाले असर गरेपछि ग्रान्ड ओपनिङ हुन बाँकी रहेकाे हाेटल पवेरा नेवारी, नेपाली साथै भारतीय स्वरूपका परम्परागत शैलीमा निर्माण भएकाे छ ।

 


पबेरामा स्विमिङ पुल, उत्कृ्ष्ट रेष्टुरेन्ट, पार्टी हलसहित शानदार स्विट र डिलक्स काेठाहरू रहेका छन् ।

शहरमा विशिष्ट सेवा सहित उत्कृष्ट कोठा प्रदान गरेर सवैको माग वमोजिम खाना प्रदान गर्ने थापा वताउंछन् । चारतारे बुटिक हाेटेलकाे प्रमाणपत्रले थप जिम्मेवार वनाउंदै हौसला थपेको थापा वताउंछन् ।

हाेटल मालिक राधेश्याम थापाले हाेटेल पबेरा नेपालकै पहिलाे चारतारे हेरिटेज बुटिक हाेटलकाे प्रमाणपत्र पाएकाेमा खुशी व्यक्त गर्दै क्वालिटी र हस्पिटालिटीमा आफूले सदैव सचेत रहेर काम गर्ने बताएका छन् ।