निषेधाज्ञामा पनि धेरैको आकर्षण बन्यो भिभान्ताको कोको र अकारी

पर्यटन समाचार

१३ साउन, काठमाडौँ। लकडाउनमा मानिसहरू महिनौं घर भित्र थुनिनु पर्यो । धेरै होटल रेष्टुरेन्टहरू पलायनको अवस्थामा पुगे। गत साल र यो वर्षको निषेधाज्ञा ले मुख्यत होटल क्षेत्रहरू नराम्ररी पिल्सिएको छ। ललितपुरको झम्सिखेलमा रहेको होटल भिभान्तामा कोरोना कहरमा व्यापार घटे पनि सोही होटलकै दुई वटा आउटलेट कोको र अकारी भने धेरैको आकर्षकको केन्द्र वन्यो।
भिभान्ता होटलको टपमा रहेको कोको र अकारी मुख्यत वार र रेष्टुरेन्ट हो। यहांवाट मनोरम दृश्य देख्न सकिन्छ त्यसैले धेरै मानिसहरू यस ठाउंमा घण्टौं भुल्ने गर्छन् । चौधरी समुहको स्वामित्वमा रहेको यस होटललाई ताज होटलले व्यवस्थापन गर्दै आएको छ।

होटलका अनुसार पूर्ण नेपाली स्वादलाई प्रवद्र्धन गर्न ध्यान दिइएको छ। सामान्य खाना र स्न्याकभन्दा सोसल इभेन्ट नै आयोजना गर्ने गरी स्वादहरु पस्किने होटलले जनाएको छ। खाद्य तथा पेय पदार्थसँगै भरपूर मनोरञ्जनलाई प्राथमिकता दिएको होटलले जनाएको छ। होटलमा ११० विलासी कोठा रहेका छन्। जसमा सुपेरियर १४, डिलक्स ५९, प्रिमियम ३६ र एक्जुकेटिभ सुइट रुम रहेका छन्।

भिभान्ता होटलका फुड एण्ड वेभरेज म्यानेजर ईशाकि कुमार कोनारका अनुसार, होटलका आउटलेटहरू मध्य कोको र अकारी धेरैको रोजाईमा पर्ने गरेको उनी वताउंछन्। कोको र अकारीवाट मनोरम दृश्य अवलोकन गर्न पाईने र स्वादिष्ट खाना खान पाईने भएकोले पनि यस ठाउँ ग्रााहकको छनौटमा परेको दावि गर्छन् ।

रूम अकुपेन्सि नभएपनि वार र रेष्टुरेन्ट राम्रै चलेकाले कोरोना कहरमा सहज भएको कोनार वताउंछन। हामिले सवैखाले खाना र पेयपदार्थ उचित मुल्यमा दिएका छौं र वेला वेलामा अफरहरू पनि ल्याउने गरेका छौं, उनी भन्छन् ।

होटलले कोको र अकारीमा समय समयमा ग्राहकलाई लक्षित गरि अफरहरू पनि ल्याउने गरेको छ। ह्विस्किहरू व्ल्याक लेवल, माल्टमा सिंगलटन तथा वियरमा हेनिकेनमा वेलावेलामा अफर प्रदान गर्दै आईरहेको छ।

साथै भिभान्तामा ‘अल डे डिनर’ मिन्ट पनि रहेको छ। जहाँ ब्रेकफास्ट, लञ्च, डिनरको व्यवस्था रहेको छ।

‘हाम्रो परिकार र सेवाले होटल भिभान्तमा ग्राहकहरू आउन लालायित हुनुहुन्छ,’ कोनारले भने ‘सेवाग्राहीको रुचीको कारण कोभिडपछि पनि कोको र अकारिले राम्रै व्यापार दिएको उनी वताउंछन् ।