१२ साउन, काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने म्याद १५ दिन थप गरिदिएको छ । अब बैंकहरुले असार मसान्तसम्मको वित्तीय विवरण साउन मसान्तसम्म प्रकाशन गर्न सक्नेछन् ।
यसअघि त्रैमास सकिएको १५ दिन अर्थात साउन १५ गतेभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था रहेको थियो । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्र प्राप्त संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७७ मा संशोधन गरी उक्त व्यवस्था थप गरेको हो ।
राष्ट्र बैंकको निर्देशन: