नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

समाचार

१० साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा एक जना राज्यमन्त्री थपिएका छन् । आइतबार प्रधानमन्त्री देउवाले उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनी एक निजी विद्यालयका सञ्चालक समेत हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गर्दै श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिएको जनाएको छ ।