एमाले सांसदहरुले गरे फ्लोर क्रस, प्रेम आले पक्षमा मत दिने ठाउँमा

Headlines राजनीति समाचार

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा फ्लोर क्रस भएको छ । एमालेका ओली पक्षमा रहेका प्रेम आले पनि फ्लोर क्रस गर्दै पक्षमा उभिएका छन् ।

बैठक चलिरहँदा नेपाल पक्षका केही सांसदले देउवालाई विश्वासको मत नदिने भन्दै बाहिरिएपनि उनी पक्षका अरु सांसदले भने फ्लोर क्रस गरेका हुन् ।

स्वयम् नेपाल विश्वासको पक्षमा मत दिने ठाउँमा देखिएका छन् । एमालेका कति सांसदले फ्लोर क्रस गरे भन्ने विवरण प्राप्त भइसकेको छैन।