नेपाल पक्षका नेताहरू छलफलमा जुटे

Headlines राजनीति समाचार

३ साउन, काठमाडौँ। नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरू नेपाल निवास कोटेश्वर पुगेका छन्। १० बुँदे सहमति कार्यान्वयन गराउने विषयमा छलफल गर्न कार्यदलमा रहेका नेपाल पक्षीय नेताहरू कोटेश्वर पुगेका हुन्।

यसअघि हिजो साँझ दुबै पक्षका नेताहरू पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए।

भेटमा नेपाल पक्षीय नेताहरूले आज बस्ने स्थायी कमिटी बैठक सार्न प्रस्ताव गरेका थिए। तर ओलीले मानेका थिएनन्।

यसैबीच कार्यदलमा रहेका नेपाल पक्षीय नेताहरूले प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेको विषयमा समेत छलफल गर्ने बताइएको छ।