जाजरकोटको भाग्योदय माविमा व्यापक घोटाला: शिक्षकको तलबमा ब्रह्मलुट

समाचार

४ साउन, जाजरकोट। जाजरकोटको छेडागाड नगरपालिकामा रहेको एक बिद्यालयमा आर्थिक घोटाला भएको छ। बेतलबी बिदामा बसेका शिक्षकको रकममा हिनामिना भएको खुल्न आएको छ।

छेडागाड नरपालिकाका स्थानीयका अनुसार, अनुदान मा रहेका शिक्षक बिदामा बसेका थिए तर बिदामा बसेका शिक्षकको पनि तलब निकासा गरेर आर्थिक अनियमितता भएको बताए। पाँच महिना सम्म खुट्टा भाँचिएको भनेर बेतलबी बिदा बसेको विद्यालयको हाजिरी फाइल बाट पुष्टि हुन आउँछ। बेतलबी बिदामा बसेका शिक्षिकाको तलब माग गरेर गम्भीर आर्थिक हिनामिना भएको बुझिएको छ।

बेतलबी बिदामा बसेका भनिएका शिक्षिका सुमित्रा केसी गत मंसिर देखि चैत्र सम्म बिदामा थिए। उनि अनुदान कोटाका माबि शिक्षिका हुन्। शारीरिक अस्वस्थताका कारण बेतलबी बिदामा बसेका थिए तर बिद्यालय बाट तलब माग गरि रकम हिनामिना भएको छ।

नगरपालिकाका शिक्षा शाखाका एक कर्मचारीका अनुसार, तलबको शिर्षकमा गएको रकम अन्य ठाउमा खर्च गर्न मिल्दैन र त्यसरी बेतलबी शिक्षकको तलब माग गरि दुरुपयोग गरिएको छ भने गम्भीर अपराध हो, हामि यसबारे बुझ्दै छौं र कोहि दोषी देखियो भने कानुनि कारबाही गर्छौं।

यसबारेमा छेडागाड नगरपालिकाका मेयर लाल बहादुर महतरा आँफु अनविज्ञ भएको बताउछन र यसबारेमा सत्य तथ्य बुझ्ने भनेर पन्छिन खोजे। प्रधानाध्यापक सिता बिसी माथि कारबाही हुन्छ कि हुदैन भन्ने हाम्रो प्रश्नमा उनले भने, दोषी हो भने कारबाही हुन्छ र त्यस सम्बन्धमा हामि छानबिन गर्छौं।

छात्रवृत्तिको रकम समेत हिनामिना

छेडागाड नगरपालिकाको भाग्योदय माविमै अर्को आर्थिक हिनामिना भएको पनि पुष्टि भएको छ। निम्न वर्ग, अपांग र दलित विद्यार्थीलाई वांड्नुपर्ने रकममा समेत गिद्दे दृष्टि परेको छ। २०६२ साल देखि २०७२ साल सम्म छात्रवृत्ति वितरण नगरि लाखौं रकम दुरूपयोग भएको छ। एक स्थानियका अनुसार, यसरी दुरूपयोग गर्नेमा तत्कालीन प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमतो हुनुपर्छ। यस सम्वन्धमा सुर्खेतको अख्तियार कार्यालयमा समेत मुद्दा दर्ता भएको उनले वताए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भन्छन्: यो विषयमा हामी कसैलाई थाहा छैन, यदि हो भने पनि तत्कालीन व्यक्तिहरू माथि कारवाहि हुनुपर्छ।