सबै नेपालीलाई कोरोनाको खोप निःशुल्क उपलब्ध गराउने मन्त्रीपरिषदको निर्णय

Headlines समाचार

२९ असार, काठमाडौं । सरकारले सबै नागरिकलाई निःशुल्क रुपमा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने भएको छ ।

प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको हो ।

आगामी असोज मसान्तभित्र एक तिहाइलाई र आगामी चैत मसान्तभित्र खोप लगाउन योग्य सबैलाई खोप सुनिश्चित गर्ने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।