ओलीले मंगलबार बिहान ११ बजेका लागि बोलाए केन्द्रीय कमिटी बैठक

Top Post राजनीति समाचार

२७ असार, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन्।

ओलीले असार २९ गते (मंगलबार) बिहान ११ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाएका हुन्।

केन्द्रीय कमिटी बैठकको अघिल्लो दिन सोमबार स्थायी कमिटी बैठक बोलाइएको छ। अध्यक्ष ओलीले आइतबार नै स्थायी कमिटी बैठक बोलाइए पनि सोमबार अपराह्न ५ बजे बस्ने गरी स्थगित गरिएको थियो।

स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा माओवादी परित्याग गरी एमाले प्रवेश गरेका रामबहादुर थापा (बादल)सहितका नेताहरुलाई पनि बोलाइएको जनाइएको छ।