सर्वोच्चको फैसला अघि पार्टी एकता हुंदैन : नेपाल

Headlines राजनीति समाचार

२७ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले सर्वोच्च अदालतको (संसद विघटनसम्बन्धी) फैसला अगाडि पार्टी एकता हुन नसक्ने बताएका छन्। आइतबार आफ्नो निजी निवासमा केही केन्द्रीय सदस्यहरुसँगको छलफलका क्रममा नेता नेपालले पार्टी एकताका लागि २ वटा ‘मान्यता’ अगाडि सारेका हुन्।

आइतबार नेपाल निवास कोटेश्वरमा भएको छलफलमा सहभागी केन्द्रीय सदस्य जगन्नाथ खविडाले भने, ‘एकताको सन्दर्भमा त माधव कमरेडका २ वटा मान्यता स्पष्ट छन्– एउटा सर्वोच्चको फैसला अगाडि एकता हुँदैन, अर्को समानतामा आधारित मात्रै सम्झौता हुन्छ, तल परेर हुँदैन।’ कहिँ न कहिँ ‘करेक्सन’ हुनुपर्ने भन्ने माग पनि नेता नेपालको रहेको खतिवडाले सुनाए। खतिवडाका अनुसार आइतबार नेपाल निवास कोटेश्वरमा भएको छलफलमा करिब २५ जनाजति केन्द्रीय सदस्यहरु ‘भेला’ भएका थिए।