बुढिगण्डकी प्रभावित क्षेत्र समेटिएको वृत्तचित्रको लागि भिमसेनथापा गाउंपालिकाको सहयोग

पालिका बिशेष समाचार

२५ असार, गोरखा। राष्ट्रिय गौरवको रुपमा हेरिएको बुढीगण्डकी जलविधुत परियोजनाबाट प्रभावित क्षेत्र गोरखा र धादिङ जिल्लाका बुढिगण्डकी जलविधुत परियोजनाबाट स्थानीय स्तरमा पर्ने प्रभाव र जनजिवनमा पर्ने असरलाई समेटेर अन्तराष्ट्रिय स्तरको “बुढिगण्डकी सभ्यता र सेरोफेरो” नामक वृत्तचित्र निर्माण विषयमा सम्बोधन गर्न भिमसेन थापा गाँऊपालिकाले आफ्नो बार्षिक निति तथा कार्यक्रममा योजना तय गरेको छ। असार २९ गते हुने दोस्रो चरणको गाऊ सभा बाट नै वृत्तचित्र निर्माणका लागी आफ्नो गाँऊपालिकाले सम्पुर्ण निर्णय गरेर अगाडि बढ्ने गाँऊपालिका अध्यक्ष ईश्वर पाण्डेले जानकारी गराए।

प्रभावित क्षेत्र भित्रका स्थानिय युवाहरुको सयुक्त पहलमा ग्लोरी मिडिया प्रा.लि संगको समन्वयमा निर्माण गर्न लागीएको वृत्तचित्रमा गोरखा र धादिङका स्थानिय निकाय,राजनितिक दलहरु संग लामो समय देखि छुट्टा छुट्टै बैठक सम्पन्न भएको थियो। करिब ६५ /७० लाख बराबरको लागतमा निर्माण सम्पन्न गरिने ऊदेश्य राखिएको वृत्तचित्रमा आर्थिक स्रोत जुटाऊन असहज भएकै कारणले निर्माण कार्यमा ढिला भई रहेको जानकारी हुन आएको छ। हाल स्थानिय निकायहरुको चासो र चिन्ता देखिन थाले पछि भने स्थानिय निकायहरुकै संयुक्त लगानीमा यो वृत्तचित्र निर्माण कार्य सफल हुने वृत्तचित्र निर्माण टिमका प्रोजेक्ट कोर्डिनेटर विराट बाबु खनाल ले जानकारी गराएका छन्।

ग्लोरी मिडियाका सन्चालक समेत रहनु भएका प्रोजेक्ट निर्देशक किरण खनालको निर्देशनमा बन्ने वृत्तचित्रमा प्रभावित क्षेत्रहरुको हालको बस्तुस्थिति,बसोबास, धार्मिक,ऐतिहासिक धरोहर, मठ, मन्दिर, ऐतिहासिक बगैचा, ऐतिहासिक बजार, धर्म, कला, संस्कृति, रितिरिवाज, सो क्षेत्रका बासिन्दाले मान्दै आएका चार्डपर्व,जात्रा लगाएत सो क्षेत्रमा ऊत्पादन हुने १ बर्षभरीका बालिनाली लाई समेटेर श्रव्य,दृष्य सामाग्री वृत्तचित्र निर्माण गर्दै विकाशका लागी पुर्वाधारको तयारी गर्दै पुर्खाको थलो भावि पुस्ता लाई हस्तान्तरण गर्नु पर्ने जिम्मेवारी तपाई,हाम्रो पुस्ताको रहेको समेत धारणा खनालले राखेका छन्।

वृत्तचित्र निर्माण टिमले करिब ७/८ महिना देखि गोरखा र धादिङ जिल्लाका स्थानिय निकायहरु संग वृत्तचित्र निर्माण कार्यका लागी प्रपोजल सहित पेश गरेको भएपनि आधिकारीक निर्णय गर्ने पहिलो स्थानिय निकाय भिमसेन थापा गाँऊपालिका हुन आएको बताईएको छ। निर्माण टिमले छिट्टै अन्य स्थानिय निकायहरुको पनि विगतका दिनमा हाम्रो टिम संग भएका प्रतिबद्धता र डुबान प्रभावित क्षेत्रको सुरक्षित अभिलेखिकरण गर्ने कार्यमा आवश्यक निर्णय आऊने अपेक्षा गरेको बताईएको छ।

निर्माण टिमले कोभिड-१९ को दोस्रो लहर लाई मध्यनजर गर्दै र बर्षातको समय लाई समेत ख्याल गर्दै भर्चुअल माध्यमबाट दुवै जिल्लाका स्थानिय निकायका प्रतिनिधिहरु बिच बैठक गराऊने समेत तयारी गरि रहेको बताईएको छ।

निर्माण टिमले हरेक स्थानिय निकायमा रहेका प्रभावित क्षेत्रका वडा अध्यक्ष,टोल सुधार समिति, स्थानिय क्लब, स्थानिय सामाजिक क्षेत्रमा क्रियाशिल युवाहरु बिच समेत आवश्यक कोर्डिनेशन,छलफल गरि रहेको र सो क्षेत्रका विभिन्न समुदायका रिति रिवाज,कला,संस्कृतीका बारेमा जानकारहरु संग समेत आवश्यक परामर्श गर्ने कामहरु भई रहेको खनालले बताएका छन्।