मैलुङ्ग खोला जलविद्युतलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डकाे अनुमति

अर्थ समाचार

२४ असार, काठमाडौं। नेपाल धितोपत्र बोर्डले मैलुङ्ग खोला जलविद्युत कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ। कम्पनीलाई बोर्डले गत असार २३ गते मात्रै दोश्रो चरणमा सेयर जारी गर्न अनुमति दिएको हो।

कम्पनीले अब यससँगै कम्पनीले एक सय अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको सेयर जारी गर्ने छ। कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ।