अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल बीच होटल मेरियटमा वार्ता हुँदै

Headlines राजनीति समाचार

२३ असार, काठमाडौँ । पार्टीभित्र चरमोत्कर्षमा पुगेको विवाद मिलाउन अहिले सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियटमा वार्ता हुँदैछ ।

पार्टी विवाद मिलाउन गठित कार्यदलको दिउँसो सिंहदरबारमा बसेको बैठकले विवादबारे दुई शीर्ष नेतासँग छलफल गर्ने सहमति गरेको थियो । त्यही सहमतिअनुरुप अहिले वार्ता हुन लागेको हो ।