२३ असार, काठमाडौँ। अहिले ओली क्याबिनेटमा ५ मन्त्री छन् । ओली हत्तपत्त सिंहदरबार छिर्नुहुन्न । उहाँले सम्हालेको रक्षा मन्त्रालय सचिवविहीन बनेको छ । रक्षा र परराष्ट्रका केही फाइल सदर गराउनुपरे फाइल बोकेर बालुवाटार धाउनुपर्ने धपेडीमा छन् त्यहाँका कर्मचारी ।
अन्तचाहिँ मन्त्रीको धपेडी हेर्नलायक छ । अर्थमन्त्री विष्णु पौडेलको भागमा ५ मन्त्रालय परेपछि उनी बिहानै ९ बजे सिंहदरबार छिरिसक्छन् । अर्थबाहेक हरेक दिन गृह मन्त्रालय पुग्छन् र १ घण्टा समय व्यतित गर्छन् । बाँकी समय अर्थमै रहन्छन्, उद्योग, वाणिज्य, आपूर्ति, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दैनिकजसो फाइल बोकेर मन्त्रीको कार्यकक्षमा छिर्छन् । सचिवालयका एक कर्मचारीका अनुसार पौडेल बेलुका ६ बजेसम्म सिंहदरबारतिरै भेटिन्छन् ।
शिक्षामन्त्री श्रेष्ठ काम परे मात्र अन्य मन्त्रालयमा जाने, नभए त्यही मन्त्रालयबाट अरु मन्त्रालयको पनि काम गर्छन् । वसन्त नेम्वाङचाहिँ बिहान १० देखि १ बजेसम्म प्रायः भौतिक योजनामै भेटिन्छन् । त्यसपछि आइत, मंगल र बिहीबार खानेपानीमा १ देखि ३ बजेसम्म र सोमबार, बुधबार र शुक्रबार शहरी विकासमा ३ बजेदेखि ५ बजेसम्म सञ्चार र कृषिलाई दिन थालेका छन् । यस्तै, लीलानाथ श्रेष्ठको सचिवालयका अनुसार आइतबार, मंगलबार, बिहीबार सामान्य प्रशासन र भूमि, सोमबार, बुधबार र शुक्रबार पर्यटन र महिला बालबालिका मन्त्रालयमा दुई घण्टा समय व्यतित गर्न थालेका छन् । जनआस्था बाट।