यी राशिका जोडी हुन्छन् उत्कृष्ट र समझदार

मनोरन्जन समाचार

२१ असार, काठमाडौं । प्रेम अन्दो हुन्छ, यसले जात, रङ, धर्म, धन केहि पनि देख्दैन| तर एक प्रेम सफल हुनको लागि समझदार, इमान्दार र एक अर्का प्रति भरोसा हुन निकै जरूरी हुन्छ| यसले उनीहरुको प्रेम सम्बन्ध टुट्दैन र सफल हुन्छ| तर केहि जोडि भने सफल हुँदैन| यस्तो किन हुन्छ त ? ज्योतिषशास्त्रका अनुसार केहि राशिका साथ केहि राशिका मानिसको जोडि निकै सफल हुन्छ भने कुनै राशिका मानिसको केहि राशिका मानिससँग प्रेम सम्बन्ध त्यति राम्रो हुँदैन| यो उनीहरुको जन्म कुण्डलीमा पनि भर पर्छ। कुन राशिको कुन राशिसँग जोडि राम्रो र सफल हुन्छ त ?

मेष र कुम्भ

यदि यी दुई राशिका मानिस सँगै हुन्छन् भने, यो पक्कै पनि उनीहरुको जीवनको रोमाञ्चक सुरुवात हो। मेष र कुम्भ राशिका व्यक्तिहरूले जीवनमा साहस र प्रेमलाई सबैभन्दा प्राथमिकता दिन्छन्। त्यसैले यिनीहरु आफ्नो जीवनमा जस्तो सुकै चुनौती आएपनि मिलेर सामना गर्छन् र अगाडि बढ्छन्। यी दुई राशिका मानिस आफ्नो जीवनमा केहि नयाँ चिजको अनुभव गर्न निकै रुचाउँछन्। त्यसैले गर्दा यिनीहरुको जोडि एक सफल जोडि साबित हुन्छ।

वृष र कर्कट

वृष र कर्कट राशिका मानिस एक अर्कालाई राम्रोसँग बुझेर जीवनमा अगाडि बढ्ने किसिमका हुन्छन्| यिनीहरु एक मजबूत शारीरिक तथा मानसिक सम्बन्ध स्थापना गर्ने मानिसमा पर्छन्| यिनीहरुको यहि खुबीले गर्दा प्रेम सम्बन्ध निकै मजबूत र सफल बानाउँछ।

मिथुन र कुम्भ

अन्य जोडिको तुलनामा यी जोडि अलि फरक हुन्छन्| यिनीहरु एक अर्काको भावना र मानसिकता राम्रोसँग बुझ्छन्| यिनीहरू एक अर्कासँग धेरै समय बिताउँछन् तर आफ्नो व्यक्तिगत गोपनीयता र स्वतन्त्रताको पनि विशेष ध्यान राख्छन्। यस गुणले तिनीहरूलाई एक अर्कासँग जोड्न मद्दत गर्छ।

कर्कट र मीन

यी दुबै राशिले जल तत्वको प्रतिनिधित्व गर्छन्, जसको कारण यिनीहरूको सम्बन्ध सधैँ स्थिर रहिरहन्छ। यहि कारणले यिनीहरू प्रत्येक परिस्थितिमा एक अर्काको साथ हुन्छन्। यो जोडि यस्तो हुन्छ कि जसले रमाइलोमा आफ्नो जीवन बिताउँछन् र मानिसहरु पनि यिनीहरुसँग यात्रा गर्न रुचाउँछन्।

सिंह र धनु

यी दुई राशिका व्यक्तिहरूले एक अर्काको जीवन र उनीहरूको मनपर्ने र मन नपर्ने कुरा सबै बुझेका हुन्छन्। यी व्यक्तिहरूले अन्तसम्म आफ्नो सम्बन्ध रमाइलो र राम्रोसँग बिताउँछन् र यसलाई सधैँ कायम राख्न कोशिश गर्छन्। यदि आफ्नो प्रेमी वा जीवनसाथी कुनै समस्यामा छ भने त्यो समस्या मिलेर हल गर्ने प्रयास गर्छन्।

कन्या र वृष

पृथ्वी तत्वका यी राशिका व्यक्तिहरू एक अर्काको प्रेममा रमाउन कुनै कसर छोड्दैनन्। यिनीहरू एक अर्काको साथ र आफ्नो जीवन धेरै रमाइलोको साथ बिताउँछन्। यी व्यक्तिहरू इमान्दार र समर्पित हुन्छन्, त्यसैले यिनीहरूको प्रेम सम्बन्ध लामो समयसम्म रहन्छ।

तुला र मिथुन

यी दुई राशिका व्यक्ति बौद्धिक क्षमतामा धनी हुन्छन्, त्यसैले यिनीहरूको संयोजन धेरै राम्रो मानिन्छ। यिनीहरू एक अर्कासँग शारीरिक रूपमा मात्र जोडिदैनन्, तर मानसिक रुपमा पनि एक अर्कासँग रामोसँग जोडिएका हुन्छन्।

वृश्चिक र कर्कट

यी दुबै राशिका मानिस निकै भावुक हुन्छन्, त्यसैले एक अर्काको भावना राम्रोसँग सम्झेका हुन्छन्। यिनीहरु एक अर्काप्रति पूरा समर्पित हुन्छन र आत्मीय रूपले पनि जोडिएका हुन्छन्।