२१ असार, काठमाडौं । हाल युरोप र अमेरिकामा संचालन भईरहेको युरोकप-२०२१ र कोपा अमेरिका कप फुटबल खेलमा अनलाइन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उदेश्य राखी ठूलो रकमको बाजी राख्न लगाई काठमाण्डौका विभिन्न स्थानमा सट्टाबाजी गराई खेल खेलाउने गरेको भन्ने गोप्य सुचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट सोमबार खटिएको बिशेष टोलीले काठमाडौंको इन्द्र चोक, मरुटोल, न्यूरोड, क्षेत्रपाटी, गौरीघाट लगायतका बिभिन्न स्थान बाट अनलाइन वेटिङ् गरि नगदी कारोबार समेत गरिरहेको अवस्थामा ८ जना व्यक्तिहरुलाई पक्राउ गरेको छ ।
नगद र सट्टेबाजीमा प्रयोग भएको मोबाइल सहित पक्राउ गरि पक्राउ परेका निज व्यक्तिहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उप दफा ४ बमोजिम कसुरमा सजाय हुने गरि आवश्यक कार्वाहीको लागी महानगरीय प्रहरी परीसर काठमाण्डौ पठाईएको छ ।
साथै त्यसरी बिभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको पैसा आईएमई बाट पठाइने र लिने गरि कारोबार गर्ने गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट बुझिएको नेपाल प्रहरीले जनाएको छ ।