प्रशासनले खोल भन्छ तर प्रहरी आएर धरपकड गरेको मदिरा व्यवसायीको गुनासो

समाचार

१५ असार, काठमाडौं । काठमाडौँ उपत्यकामा मंगलबार बाट पसल व्यवसायहरु स्वास्थ्य मापदण्ड पालना गरेर संचालन गर्न दिने प्रमुख जिल्ला अधिकारीहरुले निर्णय गरेपनि केही व्यवसायहरुमा प्रहरीले अबरोध गरेको बताइएको छ ।

काठमाडौका मदिरा व्यवसायीहरुले प्रहरीले पसल खोल्न नदिएको र पसल खोलेको आरोपमा विभिन्न ठाँउ बाट व्यापारीहरु पक्राउ गर्दै छाड्दै गरेको बताएका हुन । काठमाडौ मदिरा व्यवसायी संघका अध्यक्ष गोविन्द बरालका अनुसार प्रहरीले बसुन्धारा,कालिमाटी,सोह्रखुटे लगाएतका ठाँउमा व्यापारीहरुमाथी अबरोध गरेको बताए ।

हामीले काठमाडौका प्रमुख जिल्ला अधिकारी तथा काठमाडौ प्रहरी प्रमुख सँग गुनासो राख्यौँ उहाँहरुले स्वास्थ्य मापदण्ड पालना गरेर खोल्नुस भन्नुहुन्छ तर डिएसपीहरुले अबरोध गरिरहनु भएको छ, अध्यक्ष बरालले भने ।

प्रहरीले अबरोध गरेपछि सोमबार काठमाडौका कतिपय ठाँउमा मदिरा पसलहरु खुल्न पाएनन् । प्रहरीले मंगलबार आंशिक अबरोध गरेपनि बुधबार बाट तोकिएको मापदण्ड अनुसार प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको भनाइलाई आधार मान्दै आफुहरुले निर्वाद पसलहरु खोल्ने मदिरा व्यवसायी संघका अध्यक्ष बरालले बताए ।

निषेधाज्ञाको कारणले बन्द हुदा नराम्रो सँग थलिएको मदिरा व्यवसाय मंगलबार बाट संचालन हुने भनेपछि व्यापारीहरु खुसी भएका थिए । राजस्वको ठुलो हिस्सा ओगटेको मदिराजन्य व्यवसायलाई अरु व्यवसाय सरह संचालन गर्न नदिएको भन्दै मदिरा व्यवसायी महासंघले विभिन्न तरिकाले विरोध गरिरहेको थियोे ।

ज्ञापनपत्र बुझाउने देखि अन्तरिम आदेशको माग सहित व्यवसाय संचालन गर्न पाउ भन्दै सर्वोच्च अदालतमा रिट समेत दर्ता भएको थियोे । अध्यक्ष शोनाम शेर्पा द्वारा दर्ता भएको रिटमा सुनुवाइ गर्दै कानुनी रुपमा दर्ता भएका मदिरा व्यवसाय संचालन गर्न नदिनुको कारण के हो भन्दै सर्वोच्चले सरकारका नाममा सोमबार नै आदेश गरेको छ । हाम्रा खवर वाट साभार।