थप २४४४ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु

Top Post समाचार

१४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २४४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य था जनसंख्या मन्त्रालयका अनुसार ६६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १५०९ र ४९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । त्यस्तै ३८५३ जना संक्रमणमुक्त भएका छन् ।