भोलिबाट २५ सिटभन्दा माथिका सार्वजनिक सवारी जोरबिजोरका आधारमा चल्न पाउने

Headlines समाचार

१४ असार, काठमाडौं । २५ सिटभन्दा माथिका सार्वजनिक सवारी साधन भोलिदेखि चल्न पाउने भएका छन् ।

ठूला बसहरूलाई जनस्वास्थ्यका मापदण्ड अपनाएर भोलिदेखि जोरबिजोरको आधारमा चल्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।