१३ असार, काठमाडाैं। बेल्जियम युराेकप २०२० काे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ।
स्पेनको सेभियामा भएकाे प्रि–क्वाटरफाइनलमा साविक विजेता पाेर्चुगललाई १–० ले पराजित गर्दै बेल्जियम अन्तिम ८ मा पुगेकाे हाे। याेसँगै पाेर्चुगल जारी प्रतियाेगिताबाट बाहिरिएकाे छ।
विंगर थाेर्गन हाजार्डले गरेकाे गाेल नै बेल्जियमलाई जित दिलाउन प्रयाप्त बन्याे। अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग खेल्ने छ।
हाजार्डले पहिलो हाफको ३ मिनेट बाँकी रहँदा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार सिधै गोल भएको थियो।
थोमस मुनिएरले बायाँ विंगमा भएका थोर्गनलाई पास दिएका थिए। थोर्गनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेकाे प्रहार गोलरक्षक रुइ प्याट्रीसिओले बचाउन सकेनन्।