७ असार, काठमाडौं । नेपाल प्रहरीका १५ जना एसएसपीको सरुवा भएको छ । सोमबार गृह मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले जनपद तर्फका १५ एसएसपीहरूको सरुवा गर्ने निर्णय गरेको हो ।
गृहमन्त्रीस्तरीय निर्णयअनुसार बागमती प्रदेश प्रहरी कार्यालयमा कार्यरत मीरा चौधरीलाई प्रदेश १ प्रहरी तालिम केन्द्र विराटनगरमा सरुवा गरिएको छ । त्यस्तै, टेकबहादुर तामाङलाई प्रदेश १ प्रहरी तालिम केन्द्रबाट विराटनगरबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय तानिएको छ । त्यस्तै, एसएसपी नलप्रसाद उपाध्यायलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ ।


