नवनियुक्त मन्त्रीहरुले सपथ लिए

Top Post समाचार

२७ जेठ, काठमाडौं । काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेका मन्त्रिमण्डलका ७ मन्त्री र १ राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ मन्त्री र प्रधानमन्त्री ओलीले १ राज्यमन्त्रीलाई सपथ गराएका हुन् ।