मोबाइल स्वीच अफ गरेर एकाएक गायव भए मनाङे

राजनीति समाचार

२७ जेठ पोखरा । अहिले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे सम्पर्कविहीन बनेका छन् ।

उनको मोबाइल स्वीच अफ छ । मनाङे बस्ने गरेको पोखरा, बुद्धचोकस्थित घरमा उनी छैनन् । काजीपोखरीमा बहिनीसँग बस्ने गरेको भनिए पनि उक्त घरमा पनि मनाङे नभएको बताइन्छ ।

गण्डकी प्रदेशसभामा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची छ ।

विपक्षी गठबन्धनलाई साथ दिने भनिएका मनाङे सम्पर्कविहीन बनेका हुन् ।