गण्डकीका मुख्यमन्त्री गुरूङले जेठ २७ गते विश्वासको मत लिने

पालिका बिशेष समाचार

२५ जेठ, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ ।

प्रदेश सभामा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।