कांग्रेस नेता दवाडीले कोरोना संक्रमितलाई बाँडे म्याद गुज्रेको औषधि

Headlines समाचार स्वास्थ्य

२५ जेठ, गोरखा। गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले कोरोना राहत भन्दै म्याद गुज्रेका औषधि वितरण गरेको खुलेको छ। गोरखा जिल्लाको वारपाक सुलिकोट गाउँपालिकाको सौरपानी स्वास्थ्य चौकी, रन्चोक स्वास्थ्य चौकि र स्वारा स्वास्थ्य चौकिलाई सांसद दवाडीले म्याद गुज्रेका औषधि वितरण गरेका हुन्।

सोमवार वितरण गरिएको औषधि म्याद गुज्रेको भेटीएपछि स्थानीयले स्वास्थ्य चौकीलाई जानकारी गराएका थिए। सौरपानी स्वास्थ्य चौकी, रन्चोकचौकि र स्वारा स्वास्थ्य चौकिमा सांसदले वितरण गरेको औषधि म्याद गुज्रेको पुष्टी भएको स्वास्थ्यका एक कर्मचारीले जानकारी दिए। हस्तान्तरण गरिएको औषधी खोकी र पखाला लागेको एन्टिबायोटिक औषधी रहेको खबर स्वास्थ्य कर्मचारीहरु बाट थाहा हुन आएको छ।

म्याद नाघेका पखाल र खोकीको औषधि वितरण ति कर्मचारीले नाम नबताउने शर्तमा बताए । कोरोना महामारीले आक्रान्त बनेको वारपाक सुलिकोट गाउँपालिकामा सांसदबाटै म्याद गुज्रेको औषधि वितरण हुनु जनताको स्वास्थ्यमाथि चरम लापरवाही भएको भन्दै सांसद दवाडीलाई कडा कारवाही गर्न स्थानीयले माग गरेका छन्।

म्याद नाघेकै औषधि खरिद गरिएको पाइयो,’ स्वास्थ्यका एक कर्मचारीले भने, ‘स्थानीयले समयमै अनुगमन गरेकाले वितरण भने हुन पाएन, ठुलो दुर्घटना टर्यो।’ जनताको स्वास्थ्य जस्तो बिषयमा गाउँपालिकाको स्वास्थ्य शाखाले तत्काल एक्सन लिनु पर्ने समेत उनले बताए। ‘गाउँपालिकाको स्वास्थ्य शाखा के हेरेर बसेको छ, उनले भने, तत्काल एक्सनमा जानुपर्यो।’ दवाडी गोरखा क्षेत्र-२ ‘ख’ बाट नेपाली काँग्रेसबाट निर्वाचित सांसद हुन्।