सकियो खनाल- नेपाल समूहको छलफल, निकाल्यो यस्तो निष्कर्ष

Headlines राजनीति समाचार

२४ जेठ, काठमाडौं । नेकपा एमाले झलनाथ खनाल-माधव नेपाल समूहको स्थायी समिति सदस्यहरुको बैठकले एकताका नाममा अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको वक्तव्यले पार्टी एकता नहुने निष्कर्ष निकालेको छ ।

सोमबार भर्चुअल माध्यमबाट बसेको स्थायी समिति बैठकले ओलीले भनेजस्तो प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा पुगेको मुद्दाको हस्ताक्षर फिर्ता लिन नसक्ने ठहर समेत गरेको छ ।

खनाल- नेपाल समूहका नेता युवराज ज्ञवालीले आफुहरु एकताकै पक्षमा भएको तर अध्यक्ष ओलीले आइतबार जारी गरेको वक्तव्यले एमालेलाई जेठ २ को अवस्थामा फर्काउने संकेत नगरेको बताए ।

ओलीले संविधान मिचेर संसद विघटन गरेकोप्रति आत्मालोचना समेत नगरेको भन्दै आफ्नो समुहले लिखित जवाफ नै दिने तयारी गरेको बताए ।