१८ जेठ, गोरखा। गोरखाको शहिद लखन गाउंपालिकाले एक सुचना जारी गर्दै १ हप्ताको लागि संक्रमण तिव्र भएको क्षेत्रमा सिल गर्ने निर्णय गरेको छ।
शहिद लखन गाउंपालिका वडा नम्बर ७ स्थित वयाक, चारघरे पिपलछापमा कोरोनाको दर तिव्र भएसंगै नियन्त्रणको लागि सो कदम चालिएको गाउंपालिका अध्यक्ष रमेश थापा मगरले वताए।
वडा नम्वर ७ का अध्यक्ष शरण श्रेष्ठका अनुसार, जेठ १५ गते चारघरे सामुदायीक भवनमा PCR बिधि वाट स्वाव संकलन गरिएको ६६ जना मध्य ३६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो जसमध्ये महिला २६ र पुरुष १० जना रहेको थियो। संक्रमित हुनेहरु साबिक बुङकोट वयाक,पिपल छाप,चारघरे,देउरालीको रहेका छन् ।

