उपत्यकाका प्रजिअहरुको बैठक बस्दै

Headlines समाचार

१८ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैटक निषेधाज्ञाबारे छलफल गर्न बस्न लागेको हो ।

प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज दिउँसो ३ बजे बस्ने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिएका छन ।

काठमाडौं उपत्यकामा जेठ १४ गतेदेखि निषेधाज्ञालाई कडा पारिएको थियो । निषेधाज्ञालाई कडा पार्दै हाल किराना पसलसमेत बन्द गरिएको छ ।

२० गतेसम्मलाई निषेधाज्ञा यही रुपमा रहनेछ । २० गतेपछि निषेधाज्ञालाई कसरी अगाडी बढाउने भन्ने विषयमा उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकमा छलफल हुनेछ ।