१६ जेठ, काठमाडौं । प्रतिनिधि सभा विघटन विरुद्ध अदालत पुगेको विपक्षी गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव कुमार नेपाल पक्ष र जसपाको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।
छलफलमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता कृष्णबहादुर महरा, एमालेबाट माधवकुमार नेपाल, भीम रावल तथा जसपाबाट डा. बाबुराम भट्टराई, उपेन्द्र यादव लगायत सहभागी छन् ।
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सर्वोच्चमा अगाडि बढिसकेको अवस्थामा भावी रणनीति तय गर्न नेताहरू छलफलमा जुटेको स्रोतको दाबी छ ।