म सरकार चलाउंदा चलाउंदा आजित भइसकेँ, दिक्क भईसकें: प्रधानमन्त्री

Top Post राजनीति समाचार

७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफू सरकार चलाउन दिक्क भइसकेको बताएका छन् । शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर आफूले थप सरकार चलाउन नसक्ने बताएका छन् ।

सरकार चलाउन नसक्ने भएकै कारण आफूले विश्वासको मत लिने प्रक्रियामा नगएको बताए । विरोधैविरोधका बीच आफूले सरकार चलाउन नसक्ने भन्दै वैकल्पिक सरकार लिएर आउन विपक्षी गठबन्धनलाई आग्रह गरे । घेराबन्दी गरेर सरकार असफल बनाउने अनि दोषजति मेरो टाउको हाल्ने काम नगर्न विपक्षी गठबन्धनलाई आग्रह गरे ।