हामी निकास दिन छलफल गर्दैछौं : ठाकुर

Top Post राजनीति समाचार

७ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले देशलाई राजनीति रुपमा निकास दिनका लागि पार्टीमा छलफल भइरहेको बताएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको विज्ञप्तिपछि राजनीतिक अवस्था फेरिएको र अब त्यसलाई कसरी निकास दिने विषयमा आफ्नो पार्टीमा छलफल भइरहेको प्रतिकृया दिएका हुन् ।

सिंहदरबारमा आफू पक्षीय सांसदको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका अध्यक्ष ठाकुरले पत्रकारलाई सानो प्रतिकृया दिँदै भने, ‘पार्टीमा छलफल भएपछि ठोस कुरा भन्न सकिन्छ, आजै उपेन्द्र यादवसँग पनि छलफल हुँदैछ ।’