गृहमन्त्री वादल पुगे नेपाल भेट्न कोटेश्वर निवास

राजनीति समाचार

४ जेठ, काठमाडौं । गृहमन्त्री तथा नेकपा (एमाले) का नेता रामबहादुर थापा बादल पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न पुगेका छन् । नेता नेपालको निवासमा अहिले भेटवार्ता जारी रहेको जनाईएको छ ।

यही जेठ ६ गते राष्टियसभाको उपनिर्वाचनमा एमालेबाट उम्मेद्धवार बनेका थापा चुनावमा आफूलाई सघाउनको लागि आग्रह गर्न नेता नेपालको निवासमा पुगेको बताईएको छ ।

यसअघि नेता नेपालसहितको सहमतिमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनबाट संघीयता विज्ञ डा. खिमलाल देवकोटा उम्मेद्धवार बनेका छन् । उनी नेता नेपालनिकट मानिन्छन् । तर, अहिले एमालेभित्रको विवाद समाधान तर्फ उन्मुख छ ।