नेता वस्नेतको पहलमा सुर्यविनायक नगरपालिकालाई कोभिड एम्बुलेन्स प्रदान

समाचार

४ जेठ, भक्तपुर । कोरोनाका कारण विरामीले एम्बुलेन्स नपाईरहेको गुनासो आइरहेको समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा एम्बुलेन्स उपलब्ध भएको छ ।

सांसद बस्नेतको विशेष पहलमा भारत सरकारको सहयोगमा उक्त कोभिड एम्बुलेन्स सूर्यविनायक नगरपालिका तथा मानविय आस्था नेपालले संयुक्त रुपमा सञ्चालन गर्ने गरी हस्तान्तरण गरिएको छ । सांसद बस्नेत र नगरपालिकाका मेयर बाशुदेव थापाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

निर्माणाधिन सुविधा सम्पन्न सूर्यविनायक नगर अस्पतालको प्राङ्गणबाट उद्घाटन गरिएको हो । हस्तान्तरण पश्चात उद्घाटन गरिएसँगै विरामीले एम्बुलेन्स नपाउने समस्या कम भई सहज हुने सांसद बस्नेतले विश्वास व्यक्त गर्नुभयो । हस्तान्तरण कार्यक्रममा संक्षिप्त कुराकानी गर्दै सांसद बस्नेतले नगर अस्पताल तत्कालै सञ्चालनमा आउने जानकारी गराउँदै अस्पताल सञ्चालनमा आएसँगै उपचार तथा सुविधा अभावका कारणले भक्तपुरका जनताले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।