ओली सरकारले बजेट पास गर्न सक्दैन : डा. बाबुराम भट्टराई

Top Post राजनीति समाचार

४ जेठ, काठमाडाैं । जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ओली सरकारले बजेट पास गर्न नसक्ने आराेप लगाएका छन् ।

मंगलबार बिहान समाजिक सञ्जाल ट्वीटरमार्फत डा. भट्टराईले एकातिर कोरोना महामारी अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोधका कारण देश संकटमा फस्न लागेको बताएका छन् ।

‘देश गम्भीर संकटमा फस्दैछ । एकातिर कोरोना महामारी,अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध ! न ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न सक्छ न बैकल्पिक सरकार बन्न !’, डा भट्टराईले भनेका छन्, ‘संविधानका स्तम्भ एकएक गरी ढल्दैछन् ! सबै पार्टी/नेता निरीह ! सर्पको मुखका भ्यागुता ! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ ?’