प्रधानमन्त्री ओलिको संसदमा रवैया

पत्रपत्रिकाबाट समाचार

४ जेठ, काठमाडौ । प्रधानमन्त्री केपी ओलीलाई अहिलेको संसद् मन परेको छैन । उनले संसद् सदस्यको रुपमा न त शपथ लिएका छन् न त संसद्का बैठकमा उपस्थित हुँदा संसद्को सम्मान नै गर्ने गरेका छन् ।

न गत वर्ष पनि संसद्को सम्मान नै गर्ने गरेका छन् । गत वर्ष संसद्को प्रश्नोत्तर कार्यक्रम र संसदीय समितिले बोलाएको बेला उपस्थित नै नहुने गरेका थिए उनी ।

संसद्मा उपस्थित भएर बोल्दा संसद् र सांसदको अपमान गर्ने काम पनि धेरै गरेको उनीमाथि आरोप छ । कोरोना भाइरसको विषयमा पनि प्रधानमन्त्री ओलीले २०७७ जेठ २८ गते संसद्मा बोल्दै ‘बेसारपानी खाए कोरोना लाग्दैन ‘भन्ने अभिव्यक्ति दिए ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।