एमालेको ह्विप: वादललाई भोट हाल्नु

Headlines समाचार

३ जेठ, काठमाडौं । बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई मत हाल्ने एमालेले ह्वीप जारी गरेको छ । बागमतीमा एमालेको तर्फबाट गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल उम्मेदवार रहेका छन् ।

एमाले महासचिव ईश्वर पोखरेलले सूर्य चिन्हमा मतदान गर्न भन्दै पार्टीका तर्फबाट प्रदेश तथा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई ह्वीप जारी गरेका हुन्।