२ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १९ हजार ५३९ जनाको पिसिआर र ३४४ जनाको एन्टिजेन प्रविधिबाट परिक्षण गर्दा थप ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर १ लाख १० हजार २६३ जना सक्रिय संक्रमित रहेका छन । पछिल्लो २४ घण्टामा ६ हजार ६४८ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन ।
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ ।