देशभर आज ८ हजार ४६ संक्रमित थप, १८७ जनाको मुत्यु

Headlines समाचार

१ जेठ, काठमाडौं । आज नेपालमा कोरोना भाइरसका ८ हजार ४६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घन्टामा संक्रमणबाट १८७ जनाको निधन भएको छ ।

योसँगै संक्रमणबाट मुत्यु हुनेको संख्या ४४ सय ६६ पुगेको छ ।