९ बैशाख, गोरखा। शहिद लखन गाउँपालिका वडा-७ कार्यालयको समन्नयमा लायन्स क्लब अफ काठमाडौ मेट्रो-सिटीद्वारा शहिद लखन गाउँपालिका-७ श्री मकैपुर आधारभुत बिधालय बुङकोट गोरखामा, स्कुल ब्याग, स्कुल डेस्र तथा नगद हस्तान्तण गरेको छ ।
उक्त बिधालयमा स्कुल ब्याग ३२ पिस, ट्यागसुट ३२ जोर वितरण गर्नुका साथै नगद पचास हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।
त्यसैगरी शहिद लखन गापा वडा-७ बुङकोट कोट गाउँको धन बहादुर श्रेष्ठ र पोष कुमारी श्रेष्ठ अपाङग छोरा-छोरीहरुलाई नगद तीस हजार हस्तान्तरण गरिएको छ ।
कार्यक्रमको अध्यक्षता लाईन ई.फत्त बहादुर गुरुङले गर्नुभएको थियो। प्रमुख अतिथि शरण श्रेष्ठ वडा अध्यक्ष शहिद लखन गापा- वडा-७, अतिथीहरुमा गन्ज बहादुर गुरुङ, बि.ब्य.स अध्यक्ष जोन चिअरपरसन लाइन अच्चुत लाल श्रेष्ठ, गोरखा लायन्स क्लब अध्यक्ष लाइन श्याम बाबु श्रेष्ठ, लाइन रामहरी फुयाल, लाइन हिरा कटुवाल, लाइन अनिसल तामाङग, लाइन राजेश काहुचा,बि.ब्य.समिती सदस्यहरु,शिक्षिका,समाजसेवी किरण बाबु श्रेष्ठ ,स्थानीय बासिन्दा, विद्यार्थी लगायत अन्य महानुभावहरुको उपस्थिति रहेको थियो ।