निबेदकको मागदावी भन्दा बाहिर गएर सर्वोच्चको फैसला: नारायणकाजी श्रेष्ठ

Headlines राजनीति समाचार

२३ फागुन, काठमाडौं। सर्वोच्च अदालतको एउटा इजलासले आज हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा )को वारेमा गरेको फैसला, त्यसको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा भोलि ११ बजे पार्टी कार्यालय पेरिसडाडामा बस्ने स्थायी कमिटीको वैठकबाट निर्णय लिईनेछ ।

अहिलेलाई यति भनिहालौँ ;
एक ,यो फैसला सोच्नै नसकिने खालको छ र यसले सहज वोध ( कमन सेन्स ) भएका सबैलाई आश्चर्यचकित र स्तब्ध बनाएको छ ।
यो फैसलाले रिट निबेदकको मागदावी भन्दा बाहिर गएर सरोकारै नभएको असम्बन्धित बिषयमा प्रवेश गरी निर्णय दिएको छ । रिट निवेदकले हामी तात्कालिन दुई पार्टीहरुबीचको एकीकरण र एकीकृत पार्टी निर्माणको वारेमा प्रश्न उठाएको छैन र उठाउन सक्ने बिषय पनि होइन । रिट निवेदकले पार्टीको नामको बिषयमा मात्र प्रश्न उठाई त्यो नाम आफैलाई दिने मागदावी गरेको छ। त्यतिमा मात्र सिमित भएर निर्णय दिएको भए निर्णय ठीक , बेठीक जे भएपनि स्वाभाविक हुनेथियो । तर यो फैसलाले सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी निर्णय दिने कार्य गरेको छ ।तसर्थ यो फैसला अस्वभाविक छ ,संविधान एवं कानूनको बिरुध्दमा छ, राजनीतिक आग्रह प्रेरित छ, बितण्डतापूर्ण छ र गलत छ । यो फैसला प्रति हाम्रो गम्भीर असहमति छ ।

दुई, नेपालको राष्ट्रिय सार्वभौमिकता, नेपाली जनतामा नीहित सार्वभौमसत्ता, नेपाली जनताको आत्मनिर्णयको अधिकार, संविधान, लोकतन्त्र, राजनीतिक स्थिरता, कानूनको शाषन र ब्यबस्थाको बिरुध्द बिभिन्न शक्तिहरुको षडयन्त्र जारी छ भन्ने तर्फ पनि हाम्रो गम्भीर ध्यान जानु आवश्यक देखिएको छ । त्यसैले हाम्रो पार्टीले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने अदालतको फैसलाको स्वागत गर्ने क्रममा बक्तब्यमा थप भनेको थियो ,” अहिले असंवैधानिक एवं प्रतिगामी कदम परास्त र असफल भएको भएपनि प्रतिगामी षडयन्त्र एवं निरङ्कुशताको खतराका बिरुध्द सचेत भइरहन हाम्रो पार्टी सवैलाई अपील गर्दछ ।” – गण्डकी टाईम्स