गोरखाको शहिद लखन गाउंपालिका उपाध्यक्ष तिवारीको लुट धन्दा

पालिका बिशेष समाचार

१८ फागुन, गोरखा । गोरखाको शहिद लखन गाउँपालिका उपाध्यक्ष इन्दिरा तिवारीले गाउपालिकाको उपाध्यक्ष भएदेखि नै अनियमिततामा लाग्ने गरेको र आफु अनुकुल निर्णय गर्न दबाब दिने गरेको खुलेको छ।

उपाध्यक्ष इन्दिरा तिवारीले आफ्नै भाइ ज्ञान प्रसाद सँग्राैलालाई समेत नक्कली कागजात पेश गरेर भूकम्प पुनर्लाभ सूचिमा सूचिकृत गराएकी छन् । वडा नम्बर १ बक्राङस्थित स्वास्थ्य चाैकी भवनकाे भत्केकाे फाेटाे राख्न लगाएर सोहि काम गरेको खुल्न आएको छ। सँग्राैलाकाे शहिद लखन १ मा आफू बस्ने घर नरहेकाे साे टाेलका टाेल सँयाेजक बेल बहादुर थापाले बताए । दुई नम्वर प्रदेशमा सँग्राैलाकाे घर रहेकाे र विगत २० वर्ष देखि गाउँमा बसाेबास नै नरहेकाे उनले बताए । दिदि उपाध्यक्ष भएकाे र जसरी पनि सूचिमा पर्ने भएकाले सिफारीस गरीदिन माग भएकाे र दवावमा आफूले सिफारीस गरेकाे उनले बताए ।

स्वास्थ्य स्वयँसेविका समेत रहेकी बुहारी शाेभा सँग्राैला स्वयँसेवी ड्रेसमा स्वास्थ्य चाेकीमा बसेर फाेटा खिचाइ जिमालीमा पठाएका हुन् । उक्त किर्ते काम गर्न प्राविधिकहरुले समेत सहयाेग पुर्याएका छन् । वडा अध्यक्षकाे सिफारिसमा आफूहरुले काम गरेकाे इन्जिनियर निर्मल रानाले बताए ।

गाउपालिका बाट प्रदान गर्ने अनुदानमा समेत आफ्ना नजिकका मान्छेलाई अनुदान दिईएको स्थानिय वताउंछन् । सहिद लखन वडा नं ७ का स्थानिय भन्छन्, तिवारीको आफ्ना मान्छेले मात्र अनुदान लिंदै आएका छन् र अरू जनताहरू योग्य भएपनि अनुदान वाट वन्चित हुनु परेको वताउंछन्।

वडा नम्बर १ पालिकाबाट सञ्चालित याेजनाकाे २० प्रतिशतका दरले उपभाेक्ताबाट रकम सङ्कलन गर्न समेत उनले आफ्ना भाइलाई जिम्मा दिएकाे र रकम नदिए याेजना पास नहुने गरेकाे साे क्षेत्रका उपभाेक्ताहरुले बताएका छन् । स्थानियका अनुसार, उपाध्यक्षको क्रियाकलाप देखेर अरु जनप्रतिनिधि पनि आजित भएको बताउछन।

शहिद लखनमा आफ्नै घर नभएकाे ज्ञान प्रसाद सँग्राैलाकाे नाममा R ३६ -११- १- ०- ००२३ सम्झाैता कार्ड देखिएकाे छ । उपाध्यक्षकाे दवावका कारण शहिद लखन गाउँपालिकाले नक्कली लाभग्राहीहरुलाई कुनै कारवाही गर्न सकेकाे छैन । शहिद लखन १ मा नक्कली भूकम्प पिडितहरु ५० भन्दा धेरैकाे सँख्यामा रहेको वडा अध्यक्ष दीप बहादुर केसिकाे भनाइ छ । `राज्यले दिने कुरा पाउन भनेर सिफारीस गरिएकाे हाे जसले जे सक्छ त्यही गर्ने त हाे नी´ उनले भने ।

वडा नम्बर ७ बुँकाेटका स्थानीयका अनुसार तिवारिकाे सम्पती उपाध्यक्ष भएदेखि ह्वात्तै बढेकाे र कहाँबाट आएकाे हाे थाहा पाउन नसकिएकाे बताउने गरेका छन् । उनको रवाफ नै बेग्लै छ र अरूलाई गर्ने व्यवहार पनि ठिक नभएको सोही ठाउंका स्थानियले अनुभुत गरेका छन्।