कोरोनाले एक हजार निजि विद्यालय संकटमा

पत्रपत्रिकाबाट समाचार

१४ फागुन, काठमाडौं । कोरोना महामारीका कारण प्रमुख सहरमा साना लगानीमा सञ्चालित करिब एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन्। महामारीबीच बन्द भएका विद्यालय पुनः खुल्दा अति न्यून संख्यामा विद्यार्थी भर्ना भएपछि यो स्थिति आएको सञ्चालकहरूको भनाइ छ। उचित नीति लिएर बन्द हुन नदिन सरोकारवालाले शिक्षा मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका छन् । निजी विद्यालय किनबेचको चलखेलसमेत रोक्न शिक्षा व्यवसायीको माग छ।

कोरोनाका कारण करिब एक वर्ष सहरी क्षेत्रका निजी विद्यालय बन्द रहे। ठूला लगानीका विद्यालयले भने अनलाइन कक्षा सञ्चालन गरेका थिए । परिस्थिति सहज हँदै गएपछि मसिरयता विद्यालय खुलेका छन् ।

सहरका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढेका छन् भने तिनमा बोर्डिङ स्कल छाडेर भना हुने अधिक रहेको विद्यालयका प्रधानाध्यापकले जनाएका छन्। निजी विद्यालयमा भने फागुन पहिलो सातासम्म विद्यार्थी भर्ना संख्या यकिन हुन सकेको छैन। सहरी क्षेत्रमा अस्थायी बसोबास गरी गुजारा चलाउदै आएका सर्वसाधारण बेरोजगार भएपछि आफ्नै धातधलो फर्किएका छन् । साना बोर्डिङ स्कुलमा तिनै निम्न वर्गका छोराछोरी पहने गरेका थिए।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन का अध्यक्ष टीकाराम पुरीले देशभरका निजी विद्यालयमध्ये पाँचदेखि १० प्रतिशत बन्द हुने स्थितिमा पुगेको बताए। ‘माना लगानीका निजी विद्यालय बन्द हुने स्थितिमा छन् उनले भने, ‘विद्यार्थी भर्ना नभएका र योरै संख्यामा मात्र भर्ना भएका विद्यालय धेरै छन् । त्यसले विद्यालय सञ्चालकलाई आर्थिक दायित्वमा बोझ थपिदै गएको छ। ऋण लिएका वैकले बढीमा दुई महिना छूट दिए तर त्यो छट निरन्तर रहँदैन । कोरोनाले सामान्य अभिभावकको आम्दानी खोसिएपछि आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने कम बढेको उनी बताउँछन्। प्याञ्सनले बन्द हुने
स्थितिमा रहेका विद्यालयको लगत संकलन सुरू गरेको छ। आजको कान्तिपुरमा खवर छ।