नेपाली काँग्रेस संघिय मामिला विभागले प्रदेश स्तरीय कार्यक्रम अघि वढाउने

राजनीति समाचार

८ फागुन, काठमाडौं । नेपाली काँग्रेस संघिय मामिला तथा प्रदेश समन्वय विभागले पार्टीकाे प्रदेश स्तरीय गाेष्ठि सञ्चालन गर्ने निर्णय गरेकाे छ ।

पार्टी कार्यालय सानेपामा केन्द्रीय विभागका प्रमुख तथा केन्द्रीय सदस्य रमेश रिजालकाे अध्यक्षतामा वसेकाे बैठकले पार्टीलाई एक ढिक्का बनाउन भूमिका निर्वाह गर्न सात प्रदेशमा सम्पूर्ण नेता कार्यकर्ताकाे संलग्नता हुने गरि भव्य कार्यक्रम गरिने निर्णय गरेकाे छ ,” एक सदस्य हुतमणि अधिकारीले बताए ।

अबकाे दिनमा जनताकाे आकाँक्षा पूरा गर्न र देशलाई सम्पन्नताकाे बाटाेमा लैजान काँग्रेसले मात्र राजनीतिक निकास दिन सक्छ , त्यसकारण काँग्रेस भित्र ईगाे हाेईन एक अर्काेकाे अस्तित्व स्विकारेर देशलाई निकास दिनु पर्नेछ ,” बैठकमा बिचार राख्ने सदस्यहरुले एक ढिक्का भएर बाेलेका थिए । बिभागमा मनाेनित भएका वा नभएका सबै कार्यकर्ता पार्टी सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता राम चन्द्र पाैडेललाई चाहिन्छ । बिभागकाे विराेध गरेर नेताहरुले जीवनभर राजनीति गरेका आफ्ना कार्यकर्तालाई चिढ्याउन नहुने कुरा बैठकमा साझा धारणा आएकाे एक सदस्यले बताए ।

अत: बिभागले गर्ने कार्यक्रममा सबैको उपस्थिति रहने वातावरण बनाईनेछ , ” बिभागका सचिव युवराज बस्ताकाेटीले बताए । साथै , कार्यक्रमकाे विस्तृत जानकारी आगामि हप्ता ल्याईने निर्णय भएकाे बताईएकाे छ ।